योगेश भट्टराईले पत्ता लगाए एमालेमा समस्याको 'मुल जड'

सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले पार्टीको एकतामा रहेका समस्याको मुल जड पत्ता लगाएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत यसको खुलासा गरेका हुन् । 

भट्टराईले एमाले एकतामा मुख्य दुई समस्या रहेको पत्ता लगाएका छन् । उनले एमालेको अध्यक्ष अ‍ोली र खनाल-नेपाल समूहमा रहेको समस्यालाई उल्लेख गरेका छन् । 

योगेशको नजरमा ओली समूहमा रहेको समस्याः– केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।  

योगेशको नजरमा खनाल-नेपाल समूहमा रहेको समस्याः– झलनाथ खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।  

यी दुई कारणसँगै उनले यो समस्या कस्ले, किन र के का लागि खडा गर्दैछ भन्ने प्रश्न पनि गरेका छन् । उनले एमाले एकताको समस्याको मुल जड यहीँ भएको बताएका छन् । 

अब पार्टी एकता बचाउनका लागि यी दुई विषयमा नेताहरु बीच गम्भीर छलफल भई साझा निष्कर्षका मार्फत साझा अभियानमा लाग्नुपर्ने भट्टराईले बताएका छन् । 



 



  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार ९:२४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया