प्रदेश सांसद वैद्यमाथि फौजदारी कसुरको मुद्दा लगाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले शुक्रबार प्रदेशसभामा दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाहीको माग गरिएको छ । 

नेकपा एमालेका विभिन्न १५ वटा जनसंगठनले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका हुन् । 

प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीमाथि धावा बोलेकोले उनलाई फौजदारी कसुरमा मुद्दा चलाएर कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने आश्वासन दिएका छन् । 

सांसद वैद्यले शनिबारको प्रदेश सभा बैठकमा आफ्नो अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गरेका छन् । 

उनको अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भएपछि वैद्यले पार्टीको निर्देशनमा आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन् । 






  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २०:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया