सुर्खेतमा असार १० गते सम्म निषेधाज्ञा जारी, निषेधाज्ञा केही खुकुलो

सुर्खेतमा थप निषेधाज्ञा जारी भएको छ ।  

जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले असार १० गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा थपिएको जानकारी दिए ।

निषेधाज्ञा लम्बाइए पनि केही खुकुलो भने पारिएको छ ।

खाद्यान्न लगायतका अत्यावश्यक वस्तुका पसल बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्नेछन् । निर्माण सामग्रीका पसल पनि दैनिक ६ बजे देखि ११ बजे सम्म सञ्चालन हुनेछन् ।

औषधी तथा स्वास्थ्य सामग्री भने चाैबीसै घण्टा उपलब्ध हुनेछ ।



कोरोनाको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिएसँगै गत वैशाख १४ गते मध्यरातिबाट सुर्खेतमा निषेधाज्ञा जारी गरिएको थियो । 



  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १७:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया