कर्णालीको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएकाे छ । 

एमालेको संसदीय दलको आज (मंगलबार) बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । 

सर्वोच्चले माधव नेपाल समूहका चार सांसदको पुनर्बहाली पछि बैठकमा माधव नेपाल समूहका सांसद प्रकाश ज्वालासमेत सहभागी थिए । प्रदेशसभाको बैठक केही बेरमा बस्दै छ । बैठकले बजेट नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ । 

संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए । ‘बैठकमा उपस्थित सबै सांसद एक हुनुहुन्छ,’ उनले भने, ‘संसदीय दलले गरेको निर्णय सबैले मान्नुहुन्छ । 





  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १४:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया