एकताका लागि निरन्तर छलफलमा दोस्रो पुस्ताका एमाले नेता

नेकपा एमालेका युवा नेताहरु पार्टीमा एकता कायम राख्नका लागि निरन्तर छलफलमा रहेका छन् । आजपनि एकता छलफलमा नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, गोकर्ण विष्टलगायत समिट होटलमा छलफलमा रहेका छन् ।  

पार्टी एकतालाई कायम राखेर सबल र सुदृढ पार्टी बनाउनुपर्नेमा अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल समूहका दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय रहेका छन् । 

जसमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिवद्वय घनश्याम भुषाल र विष्णु पौडेल, सचिवहरु भीम आचार्य, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल पनि सक्रिय भूमिकामा रहेका छन् । 

यिनै नेताहरुको दवावका कारण एमालेमा देखिएको आन्तरिक द्वन्द्व समाधान उन्मुख बनिरहेको छ । पार्टीमा रहेका दोस्रो तहका नेताहरुको निरन्तर छलफल र दवावका कारण शीर्ष नेताहरु पार्टी एकताका लागि बाध्य हुँदै गएका छन् । 

पार्टीमा अहिले संस्थापन समूहमा रहेका र खनाल-नेपाल समूहमा रहेका युवा तथा दोस्रो तहका नेताहरु बीचको लगातारको छलफलले केही सकरात्मक नतिजा पनि देखाएका छन् । 

जसको परिणामस्वरुप बागमती र प्रदेश १ मा नेकपा एमाले एकमत देखिएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा एमालेको एकमत देखिएको हो । 





  • प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार १४:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया