युरोकपः जर्मनी–पोर्चुगलकाे खेलमा बनेका केही रेकर्ड्स

युरोकप २०२० मा शनिबार राति भएको जर्मनी र पोर्चुगलको खेल निकै रोमान्चक रह्यो । खेल ४–२ गोलअन्तरमा जर्मनीले आफ्नो पोल्टामा पार्यो । तर, यही खेलमा केही नयाँ रेकर्ड्स बनेका छन् ।

यसपकट पोर्चुगललाई जर्मनीले लगातार पाँचौ पटक हराएको हो । योसँगै युरोकप २०२० को समूह एफ अर्थात् ग्रुप अफ डेथमा अब जर्मनी र पोर्चुगल समान अंकका साथ फ्रान्सभन्दा तल रहेका छन् । 

अनि यो खेलमा २ आत्मघाती गोल भए । आत्मघाती गोलसँग सम्बन्धित यो खेलमा बनेका रेकर्ड रोचक छन् । 

खेलमा पोर्चुगलका रुबिन डियास र राफायल गुरेरोले पोर्चुगलका लागि दुई आत्मघाती गोल गरे । चार मिनेटको अन्तरमा भएको यी दुई आत्मघाती गोल आज पोर्चुगलका लागि निकै घातक सावित भए । योसँगै विश्वकपमा होस् या युरोकपमा नै किन नहोस्, एउटै खेलमा दुई आत्मघाती गोल गर्ने टिम बनेको छ, पोर्चुगल ।

अनि युरोकपको यही संस्करणमा जर्मनी यस्तो टिम बनेको छ जसले आत्मघाती गोल गर्यो र आत्मघाती गोलकै कारण फाइदा पनि लियो । यसअघि फ्रान्ससँगको खेलमा जर्मनीले आत्मघाती गोल गरेको थियो ।

यही खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले भने नयाँ रेकर्ड बनाएका छन् ।






  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ०:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया