युरोकपः पोर्चुगलविरुद्ध जर्मनीको शानदार खेल

युरोकप २०२० मा समूह एफलाई ग्रुप अफ डेथ भनिएको छ, यही समूहमा यसअघिका तीन च्याम्पियन देश एकअर्कासँग भिडिरहेका छन् । त्यसैले यसका खेलहरु निकै रोचक र प्रतिस्पर्धात्मक पनि देखिएका छन् । 

शनिबार राति भएको जर्मनी र पोर्चुगलविरुद्धको खेल पनि कम रोमान्चक रहेन । ६ गोल भएको खेलमा जर्मनीले आफ्नो खातामा ४ गोल दर्ज गर्यो भने पोर्चुगलले २ गोलमा चित्त बुझाउन पर्यो ।

अत्यन्त बुलन्द एट्याकिङका कारण जर्मनीले पोर्चुगलको यो खेल जित्ने सपना चकनाचुर बनाइदियो । जर्मनीको जितको अर्थ के हो भने यो समूहमा अब यी दुवै टिम समान अंकका साथ रहेका छन् । यी दुवै टिमको गोल अन्तर पनि समान छ भने दुवैभन्दा अगाडि फ्रान्स एक अंकका साथ टिमको शीर्ष स्थानमा छ ।

खेलमा रोबिन गोजेन्सले उत्कृष्ट प्रदर्शन गरे । उनले एक गोल प्रहार गरे भने अर्को एक गोलका लागि सहयोग गरे । एक घन्टा मैदानमा रहेका उनले दर्शकबाट पाएको हुटिङ आजको खेलमा निकै यादगर रह्यो ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पनि यो खेलमा एक गोल गरे । खेलको तेस्रो गोल तथा रोनाल्डोको युरोकपमा १२ औं यो गोलले पोर्चुगिज समर्थकलाई राहत त दियो तर यसले पोर्चुगललाई खेल जिताउन भने सकेन ।

त्यसो त दुई आत्मघाती गोलका कारण पोर्चुगलका समर्थकको हौसला निकै कम भइसकेको थियो । रुबेन डियास र राफेल ग्वेरिरोको आफ्नै गोलपोस्टमा गोल नगरेको भए आजको खेलको नतिजा फरक हुन पनि सक्थ्यो ।






  • प्रकाशित मिति : असार ५, २०७८ शनिबार २३:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया