उपत्यकामा थप एक साता निषेधाज्ञा जारी गरिने, तीन जिल्लाको बैठक आज बस्ने

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा गर्ने तयारी गरिएको छ । निषेधाज्ञालाई केही खुकुलो पारी थप एक साता थप्ने तयारी भएको बुझिएको छ ।

कोभिड-१९ निर्देशक समितिले अब स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । तर यसबारेमा सिसिएमसीले अझै निर्णय गरेको छैन । आज सिसिएमसीले यस बारेमा निर्णय गर्नेछ । निर्णयपछि यस बारेमा प्रमुख जिल्ला अधिकारीहरूले छलफल गर्नेछन् ।

असार ८ गतेबाट फेन्सी, होटेल, होलसेल पसल खुलाउने तयारी गरेको बताइएको छ । सवारीसाधनमा जोर-बिजोर नियम लागू समेत हुनसक्नेछ । 

पछिल्ला केही दिनयता उपत्यकामा संक्रमितकाे संख्यामा कमी आएसँगै अबदेखिकाे लकडाउन पहिलाकाे तुलनामा धेरै सहज हुने विश्वास गर्न सकिन्छ ।





  • प्रकाशित मिति : असार ६, २०७८ आइतबार ६:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया