चोटका कारण डेम्बेलेले युरो कप गुमाउने

फ्रेन्च फरवार्ड उसमान डेम्बेलेले युरो कपका बाँकी खेल गुमाउने भएका छन् । 

फ्रान्सको फुटबल संघले चोटका कारण डेम्बेले युरो कपका बाँकी खेलमा उपलब्ध नहुने जानकारी दिएको छ ।

समूह चरण अन्तर्गत हंगेरीविरुद्ध शनिबारको खेलमा उनको घुँडामा चोट लागेको थियो ।

आइतबार एक्सरे गरे पनि चोटका बारेमा विस्तृत जानकारी आएको छैन । प्रशिक्षक डिडियर डेसच्याम्पले खेलाडी र टिमका डक्टरसँग छलफल गरेपछि डेम्बेलेलाई आराम दिएको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

२ खेलबाट ४ अंकका साथ समूह ‘एफ’को शीर्ष स्थानमा रहेको फ्रान्सले समूह चरणको अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछ ।
 





  • प्रकाशित मिति : असार ७, २०७८ साेमबार १८:१०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया