पारित भयो प्रदेश १ को आर्थिक विधेयक

प्रदेश सरकारले ल्याएको आर्थिक विधेयक २०७८ पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बूले पेस गरेको विधेयक छलफलपछि पास भएको हो । 

विधेयकमाथिको छलफलमा एकजना मात्रै सांसदले भाग लिए । प्रदेश सरकारको अर्थसम्बन्धी कार्यान्वयनका लागि बनेको आर्थिक विधेयक २०७८ माथिको छलफलमा भाग लिँदै सांसद जयराम यादवले हरेक विषय संघीय सरकारको निगाहमा रहेको हो कि भन्ने भान भएको बताए ।

जनताले दिएको मतलाई राम्रो सदुपयोग गर्न नसकेको आरोप लगाउँदै उनले केन्द्रको निगाहबाट प्रदेश चलेको छ भनेर मन्त्रीले दिएको जवाफमा असन्तुष्टि जनाएका हुन्।

‘संघीय सरकारको निगाहअनुसार प्रदेश सरकार चलेको महसुस भएको छ, यसबाट प्रदेश सरकार मुक्त हुनुपर्छ,’ उनले भने, ‘विगतदेखि अहिलेसम्मको विधेयकलाई कपी, पेस्ट मात्र गरेर ल्याउने काम भएको छ ।’

कर तिर्नका लागि जनतालाई कसरी प्रोत्साहित गर्ने भन्नेबारे पनि विधेयक मौन रहेको उनले बताए ।

तीन तहको सरकारबीचको जनताको प्रतिनिधिले फरक टेस्ट दिनुपर्नेमा नदिइएको उल्लेख गरे । उनले कोभिड–१९ बाट प्रभावितका लागि छुट तथा सहुलियतको कार्यक्रम ल्याएकोमा भने प्रदेश सरकारको प्रशंसा गरे ।



बुधबार मात्रै विचार गरियोस् भनी सदनमा प्रस्तुत गरिएको आर्थिक विधेयकमा छलफल गर्न प्रदेशसभाका सांसदहरुले रुचि देखाएनन् । 

बजेटसम्बन्धी महत्वपूर्ण विधेयकमाथिको छलफलमा एकजना सांसदले मात्र भाग लिनु त्यसको प्रत्यक्ष उदाहरण हो । उनले उठाएका प्रश्नहरुको जवाफ दिएपछि बुधबार नै विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो । विधेयक सर्वसम्मतिले पारित भएको छ ।



  • प्रकाशित मिति : असार ९, २०७८ बुधबार २०:३२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया