कोपा अमेरिका : ब्राजिलको नाटकीय जित

कोपा अमेरिकामा ब्राजिलले लगातार तेस्रो जित दर्ता गरेको छ । ब्राजिलले बिहीबार बिहान निल्टन सान्तोष फुटबल मैदानमा कोलम्बिया माथि २-१ को कठिन जित हात पारेको हो ।

खेलको १० औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । उनले जुवान क्वाड्राडो क्रसलाई ओभर हेड किकमार्फत उत्कृष्ट गोल गरेका थिए । 

७८ औं मिनेटमा रोबर्टो फिर्मिनोले ब्राजिलका लागि बराबरी गोल गरे । उनले रिनान लोडीको क्रस बललाई हेडमार्फत् पोस्टको दिशा दिएका हुन् ।

थप गरिएको समयमा नेइमारको पासमा क्यासिमेरोले गोल गर्दै ब्राजिलको जित पक्का गरे । 

यो जितसँगै ३ खेलबाट ९ अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा रहेको ब्राजिलले एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । ४ खेलबाट ४ अंक जोडेको कोलम्बिया समूहको दोस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ७:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया