साइकलमा अन्डा, ब्रेड बेच्न निस्किए साेनु सुद

बलिउडका अभिनेता सोनु सुद पछिल्लो समयमा निकै चर्चित छन् । मानिसहरूले उनलाई ‘रियल हिरो’, ‘धरतीको भगवान’ लगायत अनेकन उपमा दिन थालेका छन् । 

सुदले कोरोनाको पहिलो लहरमा घर जान नपाएका मानिसहरूलाई सकुसल घर पठाएका थिए । त्यो दिनदेखि उनी कोरोना पीडितलाई विभिन्न तरिकाले सहयोग गरिरहेका छन् ।

सोनु सुदले इन्स्टाग्राममा राखेको भिडियो अहिले भाइरल भएको छ । भिडियोमा सुदले साइकलमा ब्रेड, अन्डा लगायतका सामग्री बेच्न हिँडेको जस्तो देखिन्छ । 
भिडियोलाई उनले ‘फ्रि होम डेलिभरी’ भनी क्याप्सन दिएका छन् ।

भिडियोमा सुदले भनेका छन्,‘ कसले भन्छ मल बन्द भयो ? सबैभन्दा महत्वपूर्ण र सबैभन्दा महंगो सुपरमार्केट तयार छ । ल हेर्नुहोस्, मेरो साथमा सबैथोक छ । अण्डा छ, जुन छ रुपैँयामा नै पाइन्छ । कसलाई के चाहिन्छ, मलाई चाँडै अर्डर दिनु ।’

 

  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार ११:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया