सन्तोषी सुब्बा हत्या प्रकरण : बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या

सन्तोषी सुब्बा हत्या प्रकरणमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । दक्षिणकाली मन्दिर नजिकै मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या गर्ने एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-१४ घर भई दक्षिणकाली नगरपालिका–७ बस्ने २९ वर्षीय सुरेश तिमिल्सिना रहेको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्र कुवेर खापुङले जानकारी दिए ।  

असार ८ गते बिहान दक्षिणकाली मन्दिर नजिकै पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो । शव फेला परेसँगै महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले संयुक्त अनुसन्धान गर्ने क्रममा तिमिल्सिनालाई पक्राउ गरेको हो । 

सुरेशले सन्तोषीलाई खाने र बासको व्यवस्था मिलाइदिने भन्दै बसमा राखेर घटनास्थलतर्फ लगेका थिए । खान र बस्ने समस्या भएको भन्दै सन्तोषीले सुरेशसँग व्यवस्थापन गरिदिन आग्रह गरेकी थिइन् । सोही आधारमा उनले बसमा हालेर घटनास्थल तर्फ लगी जबरजस्ती गर्ने क्रममा सन्तोषीले प्रतिवाद गरेकी थिइन् ।  

सोही क्रममा तिमिल्सिनाले घाँटी थिची सलले घाँटीमा बेरी हत्या गरे पश्चात ढुंगाले अनुहारमा पटकपटक प्रहार गरी फरार भएका थिए । घटनापछि लुकिछिपी बसेको अवस्थामा सुरेशलाई काठमाडौं–२७ कमलाक्षी इबहालबाट पक्राउ गरिएको खापुङले बताए ।   

पेशाले सहचालक रहेका सुरेशको साथबाट प्रहरीले घटनाको बेला अभियुक्तले लगाएका कपडाहरू, मृतकको मोबाइल, मेमोरी कार्ड लगायतका सामग्री समेत बरामद गरेको छ । शव सन्तोषीको भएको पुष्टी भएको केही समयभित्रै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । 





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १३:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया