महिला एसिया कप छनोटका लागि समूह विभाजन : नेपाल समूह ‘एफ’मा

जनवरी २० देखि भारतमा सुरु हुने भनिएको महिला एसिया कप छनोटको लागि आज एसियाली फुटबल संघ एएफसीले टोलीको विभाजन गरेको छ । 

छनोट अन्तर्गत समूह चरणको खेलका लागि नेपाल समूह एफ मा परेको छ । नेपालको समूहमा हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले यस समूहका खेलको आयोजना गर्ने छ ।

सेप्टेम्बर १३ देखि २५ सम्म चल्ने छनोट चरणका खेलहरु सबै दशरथ रंगशालामा हुने भनिएको छ । एएफसीले नेपालमा आयोजना हुने भनिएको खेलका लागि पहिले नेपालको रंगशालाको अवलोकन गरेपछि मात्र नेपालमा खेल हुने नहुने तय गर्नेछ ।

यस पटकको एसिया कपमा जम्मा २८ टोली सहभागी हुनेछन् । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन प्रणालीबाट हुनेछ । एसिया कप छनोटका खेलहरुमा शीर्ष स्थानमा रहने टोलीले महिला एसिया कप खेल्नेछन् । 

एसिया कपका लागि आयोजक भारतसँगै चीन, अष्ट्रेलिया र जापान भने पहिले नै छनोट भइसकेका छन् । प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टोलीलाई यस चरणको लागि प्रशिक्षण दिनेछन् ।





  • प्रकाशित मिति : असार १०, २०७८ बिहीबार १६:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया