अवैध लागूऔषधसहित एक भारतीय पक्राउ

विराटनगरमा अवैध लागूऔषधसहित एक भारतीय पक्राउ परेका छन् ।  

भारतको जोगवनीबाट लागूऔषध लिएर आउँदै गर्दा भारत घर भइ विराटनगर महानगरपालिका-१२ बखरी बस्ने १८ वर्षीय करन कामतलाई सशस्त्र प्रहरी विराटनगरले बिहीबार पक्राउ गरेको हो ।

कामतले पेन्टको गोभीभित्र खुकुरी चुरोटको बट्टामा लागूऔषध लुकाएर ल्याएका थिए । उनको साथबाट तीन ग्राम ४०० मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट तथा स्पास्म्रोप्रोक्सिभन लागूऔषध र नेपाली एक हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीलाई जिम्मा दिइएको छ।





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार ९:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया