अन्त नमिले सार्कको सम्मेलन नेपालमै आयोजना गर्छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क शिखर सम्मेलन आयोजनाका लागि नेपाल तत्पर रहेको बताएका छन् । बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल सम्मेलनका लागि तयार रहेको बताए । 

प्रधानमन्त्री ओलीले नेपाल सार्कको अध्यक्ष रहेकाले शिखर सम्मेलनका लागि तत्पर रहेको बताए । उनले अरु कुनै देशमा सम्भव नभए नेपालमा नै शिखर सम्मेलन आयोजना गर्नका लागि आफूहरु तयार रहेको बताए । 

अहिले लामो समयदेखि सार्क निष्क्रिय जस्तो देखिएकाले तत्काल शिखर सम्मेलनतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । संयुक्त राष्ट्रसंघको महासभा समेत सफल आयोजना भइसकेको अवस्थामा सार्क सम्मेलन रोक्नु नहुने उनले बताए । 

सार्क राष्ट्रबीच तथा सदस्य राष्ट्रमा देखिएको समस्या समाधानका लागि सम्मेलन आवश्यक रहेको प्रधानमन्त्री ओलीको धारणा छ । उनले अन्य कुनै देशलाई समस्या भएको अवस्थामा नेपालमा सम्मेलन आयोजनाका लागि नेपाल तयार रहेको र त्यसमा लागिपरेको बताए । 





  • प्रकाशित मिति : असार ११, २०७८ शुक्रबार १७:३९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया