सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनेको संख्या साढे दुई लाख नाघ्यो

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएको बताएको हो । 

कोषमा १४ हजार ५८० रोजगारदाता सूचीकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । 

सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २ हजार ४७ योगदानकर्तालाई ३ करोड ९१ लाख, दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार र आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ रकम कोषबाट दाबी भुक्तानी भएको बताए । 

त्यस्तै वृद्धावस्था सुरक्षा योजनामा ८७४ योगदानकर्तालाई ६ करोड ९७ गरी जम्मा ११ करोड ६२ लाख रुपैयाँ कोषबाट दाबी भुक्तानी भएको पन्थीले बताए । 

कोषले २०७७ माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन भएपछि मात्रै कोषमा १ हजार ३२८ रोजगारदाता, ६४ हजार ९५६ योगदानकर्ता र २ अर्ब २१ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको जनाएको छ ।

प्रवक्ता पन्तले आ.व. २०७६/७७ भित्र सूचीकृत योगदानकर्ता कोषको आ.व. २०७६/७७ को वृद्धावस्था सुरक्षा योजना अन्र्तगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रकमलाई कोषमा सम्वन्धित योगदानकर्ताको योगदान रकम दाखिला भएको आधारमा ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय भएको बताए । 



सो रकम कोषले सम्वन्धित योगदानकर्ताको सामाजिक सुरक्षा कोषको खातामा चाँडै जम्मा गरिदिने पनि पन्थीले बताए । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २०७६ साल साउन १ गतेदेखि रकम संकलन हुन थालेको हो । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुन सबैलाई आव्हान पनि गरेको छ ।



  • प्रकाशित मिति : असार १४, २०७८ साेमबार १८:१६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया