अफिसबाट कलम र कागज किन चोर्छन् मान्छेहरु ?

के तपाईंले अफिसमा भेटिने कलम कहिल्यै चोर्नुभएको छ ?  के अफिसको क्यान्टिनमा खाँदै गर्दा चम्चा चोरेर घर ल्याउनुभएको छ ? के आफ्ना व्यक्तिगत फाइलको प्रिन्टआउट अफिसबाट गर्नुहुन्छ ? अफिसबाटै बच्चाको ड्राइंगको प्रिन्ट निकाल्नुहुन्छ ? या त्यसका लागि पेपर लैजानुहुन्छ ?

नोकरी गर्नेहरु प्रायः यस्ता सानातिना ‘चोरी’ गर्छन् । हालसालै बेलायतमा पेपरमेट नामक कम्पनीले नयाँ पेन लन्च गरेसँगै एक सर्भे पनि गर्यो । यो सर्भेमा जतिपनि मान्छे सहभागी थिए, सबैले अफिसबाट कलम चोरेको स्वीकारे । यस्तै अर्को रिसर्च अनुसार, करिब ७५ प्रतिशत मान्छेले अफिसबाट सानातिना सामान चोरेको पाइयो । 

 

अरबौंको घाटा 

देख्दा सामान्य र सानातिना लाग्ने यी चोरीले ठूलो घाटा पुर्याइरहेको हुन्छ । समग्रमा भन्नुपर्दा यस्ता खालका चोरीले प्रतिवर्ष अरबौं डलरको घाटा भइरहेको हुन्छ । यही चोरीले गर्दा कम्पनीको अफिसको सामान ३५ प्रतिशत कम हुन्छ । कैयौं कम्पनीको प्रतिवर्ष कारोबार १ दशमलव ४ प्रतिशतसम्म हुन्छ ।

यदि हाम्रो यस्तो व्यवहारले अर्थव्यवस्था र कम्पनीका लागि घाटा पुग्छ भने किन फेरि हामी यस्ता ‘सानातिना’ चोरी गर्छौं ? यसको उत्तर मनोविज्ञाभित्र लुकेको छ । जब हामी जागिर सुरु गर्छौं, त्यतिबेला कम्पनी या रोजगारदाताले तपाईंसँग केही प्रण गरेका हुन्छन् । यी यस्ता प्रण हुन्छ, जो प्रायः जागिरसँग सम्बन्धित नै हुँदैनन् । जबसम्म कामका लागि निश्चित समय (घण्टा) तय हुँदैन, तबसम्म काम गर्ने वातावरण राम्रो हुन्छ ।



त्यतिबेला हामी आफ्नो सुविधाको हिसाबले काममा आउजाउ गर्न सक्छौं । माथि भनिए जस्ता प्रणले हामीभित्र आशा जगाउँछन् । तर, यही कुरालाई विश्लेषकहरु मनोवैज्ञानिक ठेक्का भन्छन् । कम्पनीले जहिलेसम्म आफूले गरेका प्रण पूरा गर्छ त्यतिबेलासम्म काम गर्नेहरुका लागि सब ठीकठाक चल्छ । जागिर गर्नेहरु पनि कम्पनीप्रति विश्वासिला बनिरहन्छन् । तर, समयको गतिसँगै बिस्तारै कम्पनी र कर्मचारी एकाअपसमा अप्रसन्न हुन थाल्छन् । 

 



प्रढ तोडिन्छन् 

धेरैजसो कर्मचारीले कम्पनी वा रोजगारदातासँग गरिएका प्रण तोडेको बताउँछन् । काम गर्ने समयको दबाब बढ्दै जान्छ । छुट्टी पनि मिल्दैन । यस्तैमा झण्डै ५५ प्रतिशतल कर्मचारीका अनुसार कम्पनीले पहिले गरेका प्रण पूरा गर्न छोड्छ । यो सबै जागिर सुरु गरेको २ वर्षभित्र हुन्छ । जब कम्पनी यस्तो व्यवहार गर्छ भने कर्मचारीले गरेका प्रणहरु पनि तोड्न विवश हुन्छन् । राम्रो आचरण, काम पर्दा मात्र छुट्टी लिनु र अफिसको सामानको उचित रेखदेख गर्नेजस्ता प्रणलाई कर्मचारीले तोड्न थाल्छन् । 

कर्मचारीको सन्तुष्टि 

आश्चर्य लाग्दो कुरा के भने, न कम्पनीलाई आफूले गरेको प्रढ पूरा नगरेको महसुस हुन्छ । न कर्मचारीले नै महसुस गर्छन् । अन्ततः कम्पनीलाई पनि आफूले कर्मचारीसँग गरिरहेको व्यवहार ठीक जस्तो लाग्छ । त्यहीँ कर्मचारीले पनि बदलामा यस्ता सानातिना चोरी गरेर सन्तुष्ट हुन थाल्दछन् । प्रायः कम्पनी आफूले गरेका प्रणमा आफैं पछि फर्कन्छन् । उनीहरुलाई कर्मचारीले छल गरिरहेका छन् भन्नेसम्म पनि महसुस हुँदैन । जब महसुस नै हुँदैन भने त्यसको उपाय निकाल्नेबारे पनि प्रश्न आउँदैन । तपाईंले गलत गर्नुभयो, के हामी बदला पनि नलिउँ ? जागिर गर्नेले सोच्छन् कि, जब कम्पनीले नै विश्वास तोड्यो भने हामी पनि राम्रो कर्मचारीले निभाउने जिम्मेबारीबाट बचौं ।

 

बदलाको भावनाको विकास 

कम्पनीबाट अप्रशन्न कर्मचारी प्रायः नकारात्मक भावनाको शिकार बन्छन् । तिनीहरु रिसाउँछन्, भड्किन्छन् । अनि बदलाको भावनाले भरिन्छन् । रिसर्च भन्छ, जसले राम्रो काम गर्छन्, तिनीहरुमा नै यस्तो भावना आउँछ । यदि कम्पनीले छुट्टी दिएन, सन्तुष्टि भएन वा कम्पनीले अन्याय गर्यो भन्ने जस्तो सोच्छन् भने उनीहरु बदलाको भावमा उत्रिन्छन् । किनकि, कम्पनीसँग बदला लिएर आनन्द वा खुसी महसुस गर्छन् ।

 बदलाको खुसी धेरै टिक्दैन

धेरै जसो मान्छे कम्पनीलाई घाटा पुर्याएर खुसी त हुन्छन् । तर, यस्तो चोरी गरेपछि उनीहरुलाई पश्चाताप पनि हुन्छ । त्यसो भए कर्मचारीले के गर्नुपर्छ ? यो प्रश्न उठ्छ । मनोवैज्ञानिक यसका लागि ब्रेन (BRAIN) प्रयोग गर्ने सल्लाह दिन्छन् । ब्रेन अर्थात् Benefits, Risks, Alternatives, Information and Nothing. जब तपाईंलाई कम्पनीले धोका दिएको वा छल गरेको जस्तो लाग्छ त्यतिबेला चिसो दिमागले एकछिन सोच्नुहोस् कि, के बदला लिँदा मलाई साँच्चिकै फाइदा छ ? अफिसमा गरिने चोरीको जोखिमबारे पनि सोच्नुहोस् । अफिसमा चोरी गरेर तपाईं एकछिन त खुसी महसुस गर्नुहोला तर यो खुसी लामो समय टिक्दैन । अब आफैं बुझ्नुहोस्, जहाँ जोखिम छ त्यहाँ खुसी पनि स्थायी छैन ।

विकल्प के त ? 

विकल्प भनेको कम्पनीलाई उसले गरेको गल्तीको महसुस गराउनु नै हो । कम्पनीबाट आफू असन्तुष्ट रहेको कुरा बताउनुपर्छ । रिसर्चका अनुसार धेरैजसो कम्पनीले आफूले गल्ती गरेको स्वीकार्छन् पनि । यसको सम्भावना ५२ देखि ६६ प्रतिशतसम्म रहन्छ । तर, कम्पनीसँग गुनासो गर्नुपूर्व सबै जानकारी जुटाउनुपर्ने हुन्छ तपाईंले । कम्पनीसँग तपाईंले गर्ने गुनासो कत्तिको जायज छ ? त्यो पनि विचार गर्नुहोस् ।   

आफैंसँग प्रश्न

सबैभन्दा महत्वपूर्ण कुरा हो यो । आफैंसँग गर्नुपर्ने प्रश्न यो होकि, के तपाईंलाई यस्तो गर्नुपर्ने जरुरी छ ? यसबाट फाइदा हुन्छ कति ? कतिपय अवस्थामा चुपचाप बस्नुपनि राम्रै हुन्छ । जतिबेला पनि दगुर्दै एचआर डिपार्टमेण्टमा गएर गुनासो गर्नुको सट्टा सही समयको सदुपयोग गरेर जानु ठीक हुन्छ । यसको मतलव अन्यायलाई सहनु भने पटक्कै होइन । कम्पनीमा सानातिना चोरी गर्नु ठीक हुन्छ या चुपचाप बस्नु ठीक ? या गुनासो गरिरहनु ठीक हुन्छ ? यी सबैलाई हिसाब–किताब गरेर हेर्नुहोस् । अनि सुन्नुस् त, ब्रेनको पनि ख्याल राख्नुहोस् । निर्णय गर्ने समयमा यो फर्मूला सहयोगी बन्नसक्छ ।   

–एजेन्सीकाे सहयाेगमा 

  • प्रकाशित मिति : असोज १०, २०७५ बुधबार ६:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया