मौद्रिक नीतिमा परिसंघको सुझाव : कोरोनाको खोप लगाएर आर्थिक गतिविधि सुरु गरौँ

नेपाल उद्योग परिसंघले कोरोना विरुद्धको खोप छिटोभन्दा छिटो उपलब्ध गराएर आर्थिक गतिविधि सुचारु गर्न सकिने बताएको छ ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले अघिल्लो वर्ष कोरोनाको समयमै आएको मौद्रिक नीतिले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग गरेजस्तै यो वर्षपनि कोभिडको कारण ह्रास भएको आर्थिक क्षेत्र खोपको सुनिश्चितता भए माथि उकासिने बताए । 

साथै, आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कर्जाको ब्याजदरलाई एक अंकमा स्थिर राख्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, पुनर्कर्जा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको मोरले बताए । 

आगामी आर्थिक वर्षको लागि मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकलाई दिएको सुझाव बारे बोल्दै मोरले मौद्रिक नीतिले स्टार्टअप बिजनेसमा आउने युवालाई समेटेर कार्यक्रम ल्याउन पनि सुझाव दिएको बताए । 

मौद्रिक नीतिले मेक इन नेपाललाई सहयोग पुग्नेगरी नीतिगत व्यवस्था गरिदिए आयात कम गरेर निर्यातको प्रतिशत बढाउन सकिने उद्योग परिसंघले राष्ट्र बैंकलाई सुझाव दिएको छ । 

परिसंघको सुझाव ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अघिल्लो वर्षझैँ आर्थिक गतिविधि चलायमान बनाउन, यो वर्षको मौद्रिक नीतिले व्यवसाय र व्यवसायीलाई काम गर्न सहज वातावरण बनाउने गरी व्यवस्था गर्ने विश्वास दिलाएको अध्यक्ष मोरले बताए । 



आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन पहिलो हप्ता सार्वजनिक गरिँदैछ । उद्योग परिसंघसँगै उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र बैंकर संघले राष्ट्र बैंकलाई सुझाव दिइसकेका छन् ।



  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १७:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया