सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
प्रतीकात्मक तस्वीर

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जिल्लामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । 

जिल्लाको गैँडाकोट नगरपालिका-३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको शुक्रबार राति सर्पको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । 

प्रहरीका अनुसार उनलाई सर्पले शुक्रबार राति डसे पनि शनिबार बिहान मात्र परिवारले थाहा पाएको थियो । जसले गर्दा समयमा नै उपचार नहुँदा उनको मृत्यु भएको हो ।

यसभन्दा अगाडि भुजेल गाउँमा सर्पको टोकाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाइसकेका छन् । 





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १२:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया