संसद पुनःस्थापना : शंकर पोखरेल भन्छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात’

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गर्नेगरी आएको सर्वोच्च अदालतको फैसला संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात भएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाले अहिले कायम रहेको संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको धारणा राखेका हुन् । 

अहिले अदालतले दिएको फैसलाले राजनीतिक अस्थिरताको दुश्चक्रले सुरु हुने पोखरेलले बताए । उनले अहिलेको अवस्थामा अब राजनीतिक अस्थिरता सुरु हुने बताए । 

मुख्यमन्त्री पोखरेलले सर्वोच्चको फैसलाले सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहोर्नुपर्ने बताए । उनले अब देशमा राजनीतिक अस्थिरता कायम हुने बताए । 





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १४:१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया