विप्लव समूहका नेता सुदर्शनलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विप्लव नेकपाका नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले आज विप्लव नेकपाका सचिवालय सदस्य ओलीलाई रिहा गर्न आदेश दिएको हो । 

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले नेता ओलीलाई रिहा गर्न आदेश दिएको हो । यसअघि, सरकारसँग ३ बुँदे सम्झौता गर्दै सार्वजनिक भएका विप्लवले आफ्ना नेता कार्यकर्ता छुटाउने सहमति गरेका थिए । 

यसबीचमा ओलीकी श्रीमती अम्बिका चन्द र नेता भरत बमले ओलीको गिरफ्तारी विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि आज सुनुवाइ गर्दै सर्वाेच्चले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

यसअघि ललितपुरस्थित एनसेलको टावरमा बम बिस्फोट गराएको आरोपमा पक्राउ परेर सफाई पाएका सुदर्शनलाई पुनः हातहतियार सम्बन्धी मुद्धा लगाइएको थियो । मुटुका गम्भीर बिरामी ओलीको गंगालाल अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १७:५२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया