भारतमा थप ३९ हजार संक्रमित, ५४४ मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यसै गरी पछिल्लो २४ घन्टामा थप ५४४ जना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा १०१ दिनमा यति थोरै संख्यामा मृत्यु भएको हो । गत अप्रिल ५ मा भारतमा ४४६ संक्रमितले ज्यान गुमाएका थिए ।

यसै गरी पछिल्लो २४ घन्टामा भारतमा थप ३९ हजार ८२७ जना संक्रमित निको भइ घर फर्किएका छन् । अहिले भारतमा ४ लाखभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म भारतमा ३ करोड १० लाख २६ हजार ८२९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ४ लाख १२ हजार ५३१ जनाले ज्यान गुमाएका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।


 





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १३:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया