माधव नेपालले भने– हामीले फ्लोर क्रस सर्वोच्चको फैसलाअनुसार गरेका हौँ

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू र आफूपक्षीय सांसदहरुले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा गरेको फ्लोर क्रस सर्वोच्चको फैसलाअनुसार भएको बताएका छन् ।

उनले पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बारम्बार संविधानमाथि प्रहार गर्न थालेपछि आफूहरुले फ्लोर क्रस गर्न बाध्य भएको पनि बताएका छन् । ५ पुसकै निरन्तरताका रुपमा दोस्रो पटक प्रतिनिधिसभा भंग गरेपछि संविधानमाथि भएको प्रहार बचाउन आफूहरुले फ्लोर क्रस गरेको र यसले संसदले पूर्ण जीवन पाएको नेपालले बताएका छन् ।

उनले पार्टीभित्र आफूमाथि बारम्बार षडयन्त्र भएको र अहिले भइरहेका आफूविरुद्धका आन्दोलनको कुनै अर्थ नभएको पनि बताएका छन् ।

आफूहरुले कम्युनिस्ट आन्दोलनलाई थप बलियो र सशक्त बनाएर अगाडि बढाइरहेको पनि उनले बताएका छन् । उनले आन्दोलनलाई सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई आफूहरुले थप बलियो बनाउँदै अगाडि लैजाने पनि बताएका छन् ।

३ साउनमा संसदमा फ्लोर क्रस सर्वोच्च अदालतले गरेको फैसलाअनुरुप भएको र यसबारे कसैले प्रश्न सोध्न नमिल्ने पनि नेपालले बताएका छन् ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १५:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया