ओलम्पिकका लागि गौरिका तयार

३२ औँ गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि सुरु भएको छ । यस प्रतियोगिताका लागि नेपाली पौडीबाज गौरिका सिंहले आफू तयार भएको बताएकी छन् । 

सिंहले उक्त प्रतिक्रिया सामाजिक सञ्जालबाट व्यक्त गरेकी हुन् । उनले आफूले सक्दो मेहनतका साथ ट्रेनिङ गरेर यस प्रतियोगिताका लागि तयार भएको जानकारी दिएकी छन् । 

सिंहले टोकियो ओलम्पिक एकीकरण तथा दृढ संकल्पको एक उत्कृष्ट नमुना रहेको बताइन् । उनले २०२० मा हुनु पर्ने ओलम्पिक हुन नसकेकोमा खिन्नता व्यक्त गरेकी हुन् । 

यस वर्ष हुन लागेको ओलम्पिकमा आफूले सक्दो प्रयास गर्ने कुरा पनि उनले बताएकी छन् ।

सिंहले यस प्रतियोगितामा भाग लिन पाउँदा खुसी लागेको बताउँदै सबैको साथ र सहयोगका लागि धन्यवाद पनि व्यक्त गरिन् । उनले महिला १०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १७:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया