युथ फोर्सलाई ईश्वर पोखरेलको निर्देशन : स्वरोजगार र उत्पादनमा जनतालाई सघाउनू

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको प्रत्यक्ष जनजीवनमा जोडिने गरी काम गर्नका लागि निर्देशन दिएका छन् । युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै पोखरेलले जनतासँग जोडिनका लागि निर्देशन दिएका हुन् । 

माओवादी आतंकको राज रोक्नका लागि जन्मिएको युथ फोर्सले अब जनताको लागि काम गर्नुपर्ने पोखरेलले बताए । उनले तत्कालीन समयमा जनताको सुरक्षाका लागि स्थापित युथ फोर्सलाई अब जनजीविकाका सवालमा जनताको पक्षमा खडा रहन निर्देशन दिए । 

महासचिव पोखरेलले अब युथ फोर्सको मुख्य जिम्मेवारी भनेको जनताको कृषि तथा औद्योगिक उत्पादन, वितरण र स्वरोजगार तथा आयस्तर वृद्धिका लागि काम गर्नु रहेको बताए । उनले जनतासँगै बसेर एमालेलाई बिस्तार गर्दै जनताको काममा लाग्नका लागि युथ फोर्सका नेताहरुलाई निर्देशन दिए ।

सभामा बोल्दै महासचिव पोखरेलले अहिलेको अवस्थामा पनि एक प्रकारको राजनीतिक आतंक सिर्जना हुने अवस्था देखिएकाले युथ फोर्सको सान्दर्भिकता भएको बताए । उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए । 

महासचिव पोखरेलले अहिलेको सत्तारुढ गठबन्धनले जनताको विपक्षमा, राजनीतिक रुपमा गडबडी गर्न थालेमा युथ फोर्सले त्यसलाई रोक्नुपर्ने जिम्मेवारी आएको बताए । उनले अघिल्लो सरकारले गरेका राम्रा कामलाई प्रचार र लागु गर्नका लागि पनि युथ फोर्सले काम गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १५:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया