अर्काको नामको नो अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने पक्राउ

प्रहरीले नक्कली नो अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ बस्ने झापा भद्रपुर नगरपालिका–७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो पक्राउ परेका हुन् । 

सुमनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो अब्जेक्सन लेटरमा विवरण कीर्ते गरेको प्रहरीको भनाइ छ । 

अर्काको नमाको लेटर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको ब्युरोले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार २०:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया