इलाममा जंगली च्याउ खाँदा बाबु-छोराको मृत्यु भएको छ ।
जिल्लाको फाकफोकथुम गाउँपालिका-१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको जंगली च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार गत साउन ३ गते घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा दुवैजना बिरामी परेका थिए ।
उपचारका लागि दुवैजनालाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।