के पूर्वपतिलाई देखाउनै खुसी मनाइरहेकी छिन् प्रियंका ?

यतिबेला अभिनेत्री प्रियंका कार्की नेपाली सिने उद्योगकी ‘हट केक’ बनेकी छिन् । कोरोनाका कारण सिने उद्योग ठप्प छ । केही म्युजिक भिडियो निर्माण भइरहे पनि फिल्म निर्माण कार्य राम्रोसँग सुरु हुन सकेको छैन । धेरै कलाकारको काम नभएकाले उनीहरू चर्चामा छैनन् ।

अभिनेत्री कार्की भने हातमा काम नहुँदा पनि निरन्तर चर्चामा छिन् । चर्चाको कारण बनेको उनको गर्भिणी पेट । गर्भवती भएको समयदेखि प्रियंकाले आमा हुँदै गर्दाको खुसीको सेलिब्रेसन खुलेरै गरिरहेकी छिन् । 

आमा बन्दै गर्दा खुसी सेलिब्रेसन गर्ने क्रममा उनले विभिन्न भागभंगीका तस्बिरहरू सार्वजनिक गरिरहेकी छिन् । उनको यो खुसी मनाउने शैलीलाई लिएर धेरैखाले प्रतिक्रिया आइरहेका छन् । 

पछिल्लो समय उनको बचाउमा स्टाटस पोस्टिनेको सूची पनि लामै बन्दै गएको छ । धेरैले उनका तस्बिरहरूलाई पचाउन सकेका छैनन् । उनका तस्बिरलाई लिएर धेरैले नकारात्मक टिप्पणी गरिरहेका छन् । केहीले भने उनको यो क्रियाकलापसँग उनका पूर्व-श्रीमानलाई जोडेका छन् । 

एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘एउटी उत्ताउली बैनी आफ्नो पूर्वपतिलाई टार्गेट गरेर ‘देखिस् त !’ भन्ने भाव प्रवाह गर्न उनी गर्भवती भएका फेटाहरू श्रृखंलाबद्ध रूपमा फेसबुकमा पोस्ट्याउँछिन् ।  तर त्यो देखेर त्यसको पछि पुरै सञ्जालमात्र हैन राष्ट्रिय स्तरका मिडियाहरू पनि दौडेका छन् । परिणाम स्वरूप बैनीलाई ‘ब्लक’ गरेर बसेका उनका पूर्वपति उनको यो भयंकर विजयको तस्वीर अनेक माध्यमबाट देख्न मजबुर छन् ।’

उनले अगाडि लेखेका छन्, ‘खासमा यतिमै कुरो सक्यो  । तर कुरो कोट्याउँदै जाँदा कुरो कहिल्यै सकिँदैन । जस्तो- यो कुरालाई अझै लम्बेतान बनाउँदै लैजाऔँ है त । भूतपूर्व पतिमा जेलसी जगाउन पोस्ट्याएका बबुरा पिक्चरहरू विनावित्थामा नारीवाद र पुरूषवादको बहसमा मुछिएका छन् । बिचरा बैनीले एउटालाई हानेको ढुंगो मैले सारा समाजमाथि विद्रोह स्वरूप प्रहार गरेको हो भन्नु परेको छ । यसो भनिरहँदा बैनीलाई पक्कै खास त्यति मजा आएको छैन होला । किनकि सम्बन्धित व्यक्तिमात्र ठहरै पार्ने उनको जितको मनोविज्ञान अलमल परेको छ र फोकटको झर्को बहसमा अल्झिनु परेको छ ।’



सामाजिक सञ्जालमा प्रियंकाका तस्बिरलाई लिएर चर्को बहस भइरहेको छ । एकाथरीले भनिरहेका छन्, ‘संस्कार’ भत्कियो । यही भनाइलाई लिएर महिलावादीहरूले आग्रह गरेका छन् ‘एउटी महिलाले गर्भावस्थामा खिचेको तस्बिरले भत्किने तपाईंको संस्कार बलियो बनाएर राख्नुस् ।’ 

यही मेसोमा कार्कीकी सासु रविनाले देशराज श्रेष्ठले पनि आफ्नी बुहारीको बचाउ गरेकी छिन् । उनले एउटी गर्भवती महिलाको तस्बिरमा केवल उसको शरीर र बिकिनी मात्रै देख्ने समाजको नजर नै गलत रहेको उल्लेख गरेकी छिन् । त्यो तस्बिरमा अर्को दुईवटा जिन्दगी देख्न नसकेको भन्दै उनले आफ्नी बुहारीलाई बिकिनीमा झन धेरै सुन्दरी देखिएको बताउँछिन् । उनले भनेकी छिन्, ‘उनी बिकिनी रुचाउँछिन् र यसमै आरामदायी र खुसी महसुस गर्छिन् ।’



  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १४:४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया