विजनेश नहुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित

सुदूरपश्चिम प्रदेशको आठौं अधिवेशनको २५ औं बैठक अनिश्चित बनेको छ । प्रदेश सरकारले विजनेश नदिएका कारण प्रदेशसभाको अर्को बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।

गत असार २७ गते बसेको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले अर्को सूचना जारी नभएसम्म लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

प्रदेशसभा बैठक स्थगित भएको १५ दिन भइसक्दा समेत सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन, कानुन निर्माण गर्ने प्रदेशसभा बैठक अनिश्चित भएपछि सांसदहरु पनि अन्योलमा  छन् ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभामा अहिले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, पेश भएका छन् । 

त्यसैगरी सुदूरपश्चिम प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, 

दलित शशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रक्रियामा रहेका छन्।



संसद नचलेका कारण जनप्रतिनिधिहरूले आम जनताले भोगिरहेका समस्या लगायतका सवालमा सदनमा छलफल गर्न पाएका छैनन् । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले विधेयक दर्ता नहुँदा प्रदेशसभा सञ्चालन हुन नसकेको जनाएको छ । 

प्रदेशसभा सचिवालयमा अहिलेसम्म एउटा पनि नयाँ विधेयक दर्ता भएको छैन । विधेयक दर्ता नभएका कारणले पनि तत्काल प्रदेशसभाको अर्को बैठक सञ्चालनको सम्भावना नरहेको सभामुख अर्जुनबहादुर थापाले बताए ।



  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १८:७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया