टोकियो ओलम्पिक : नोभाक जोकेभिच पदकविहीन

विश्व नम्बर १ सर्बियन खेलाडी नोभाक जोकोभिचले टोकियो ओलम्पिक अन्तर्गत पुरुष टेनिस एकल स्पर्धामा पदकविहीन बनेका छन् ।

स्वर्ण दाबेदार मानिएका जोकोभिच शनिबार एरिएके टेनिस कोर्टमा कास्य पदकका लागि भएको खेलमा स्पेनिस खेलाडी पाब्लो कारेनो बुस्टासँग २-१ को सेटमा पराजित भए ।

पहिलो सेट ६-४ ले गुमाएका जोकोभिचले दोस्रो सेट ७-६ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किने प्रयास गरेको थिए । तर, तेस्रो सेट ६-३ ले गुमाउँदै उनी पदकविहीन बनेका हुन् । 

स्पर्धाको स्वर्णका लागि जर्मन खेलाडी एलेक्सजेन्डर ज्वेरभ र रुसी खेलाडी करिन खाचानोभले प्रतिस्पर्धा गर्नेछन् ।

ज्वेरभले नोभाक जोकेभिच र खाचानोभले पाब्लो कारेनो कुस्टालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १६:३५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया