स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई बर्खास्त गर्नुपर्नेसहित पाँच बुँदे माग राख्दै डा. केसीले घोषणा गरे सत्याग्रह

चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् । उनले ३ भदौदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन् । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले यो घोषणा गरेका हुन् । 

उनले आफ्ना माग सरकारले सुन्नु पर्ने पनि बताएका छन् । 

डा. केसीले यसपटक आफ्नो मागको पहिलो बुँदामा नै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पदमुक्त गर्नु पर्ने बताएका छन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहीअघि मात्रै स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए । श्रेष्ठको नियुक्तिबारे नेपाली कांग्रेसकै कतिपय नेताहरु असन्तुष्ट थिए ।

त्यस्तै, डा. केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष पदाधिकारीलाई पनि पदमुक्त गर्न माग गरेका छन् । उनले बिपीमा पदाधिकारी नियुक्त गर्दा मापदण्डका आधारमा सिफारिस गर्ने र कार्यदल बनाउनु पर्ने माग गरेका छन् ।



डा. केसीले चिकित्सा क्षेत्रमा गैरनाफामुलक नीति सुनिश्चित गर्न, कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गर्न र आफूसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।



  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार १३:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया