सचिव सरुवाको विषयलाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच भनाभन

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच भनाभन भएको छ । प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणबीच गृहसचिवमा कसलाई बनाउने भन्ने विषयमा भनाभन भएको स्रोतले बताएको छ । 

गृहसचिवमा टेकनारायण पाण्डेलाई ल्याउने विषयमा प्रधानमन्त्री देउवा सहमत नभएका कारण उनीहरुबीच भनाभन भएको बुझिएको छ । 

देउवाले पाण्डेको सट्टा अर्कै सचिवलाई गृहमा ल्याउने मनसाय राखेपछि खाणले ‘गृह मन्त्रालय मैले चलाउने कि तपाईंले ? भन्दै देउवालाई प्रश्न गरेका थिए । 

अन्तिममा गृहमन्त्री खाँणकै दबाबका कारण पाण्डे गृह सचिवमा सरुवा भएको स्रोतले बताएको छ ।

सरकारले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सञ्चार मन्त्रालयमा सरुवा भएको छ । 



प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । यसैगरी जल तथा उर्जा आयोगका सचिव सागरकुमार राईको ऊर्जा मन्त्रालयमा सरुवा गरेको छ । 



  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार २२:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया