राजेश पायल राईको ‘माया हजुर-२’ बजारमा

गायक राजेश पायल राईको नयाँ गीत ‘माया हजुर–२’ बजारमा आएको छ । सार्वजनिक गीतमा गायिका सुनिता थेगिमले गायक राईलाई गायनमा साथ दिएकी छिन् ।

सार्वजनिक पूर्वेली भाका सुमाया राईले लेखेकी हुन् । गीतमा पूर्वेली कला र संस्कृतिको चर्चा गरिएको छ ।

डिआर अटुले संगीत भरेको गीतमा राजु कार्कीको संगीत संयोजन सुन्न सकिन्छ। 

गीतको म्युजिक भिडियोमा गायक राजेश पायल र गायिका सुनिताले नै जोडी कलाकारका रूपमा अभिनय गरेका छन् । म्युजिक भिडियो निर्देशन तथा सम्पादन आशिक जगेवूले गरेका हुन् ।

भिडियाे हेर्नुहाेस् :





  • प्रकाशित मिति : साउन २७, २०७८ बुधबार १२:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया