सेनाको गाडीले ठक्कर दिँदा किशोरीको मृत्यु

कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा घाइते भएकी एक किशोरीको मृत्यु भएको हो।

बुधबार साँझ पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नेपाल सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त ट्रकको ठक्करबाट ३ जना गम्भीर घाइते भएका थिए। 

गम्भीर घाइते भएकी धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या रानाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार किशोरीको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइते धनगढी उपमहानगरपालिका–५ जाइका १७ वर्षीय कृष बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको धनगढीस्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ।





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १०:३७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया