मध्यपश्चिम विश्वविद्यालय : उपकुलपतिले राजीनामा नदिए थप आन्दोलन गर्ने प्राध्यापक संघको चेतावनी

कर्णाली प्रदेशमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा केही समयदेखिको अन्योल अझै जारी रहेको छ । यसैबीच, विश्वविद्यालयमा क्रियाशिल पेशागत संघ संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने बताएका छन् । उपकुलपतिले तत्काल राजीनामा नदिए थप आन्दोलन गर्ने उनीहरुको धारणा छ । 

प्राध्यापकहरूले उपकुलपतिको कार्यशैली, व्यक्तिगत आचरणका कारण विश्वविद्यालय अनियन्त्रित बन्दै गएको भन्दै तत्काल राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रहसमेत गरेका छन् । 

प्रजातन्त्रवादी प्राध्यापक संघ, विश्वविद्यालय समितिका अध्यक्ष रुपेश खत्रीले विश्वविद्यालयलाई उपकुलपतिले राजनिति गर्ने थलोको रुपमा विकास गरेको आरोप लगाए । उपकुलपतिले राजनैतिक प्रशिक्षण गर्दै गरेको अडियो सामाजिक सञ्जालमा आइसक्दा पनि छानबिन नभएको उनले प्रति दुःख व्यक्त गरे । उक्त अडियो प्रकरणको सत्यतथ्य तत्काल बाहिर ल्याउनुपर्ने जिकिर गरे । 

नेपाल प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले भने उपकुलपतिले क्याम्पसमा कर्मचारीका रुपमा आफ्नो मान्छेको भर्ती केन्द्र बनाएको र इमान्दारीताका साथ आफ्नो जिम्मेवारी सम्हालेका कर्मचारीमाथि दमन गरेर कारबाही गरेको आरोप लगाए । 

केही समयदेखि विश्वविद्यालयमा अनिश्चित तालाबन्दी भएको छ । दैनिक रुपमा आन्दोलनहरु भइरहेका छन् ।





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार १७:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया