निर्देशक बहलले यौन दुर्व्यवहार गरेको कंगनाको आरोप

बलिउड अभिनेत्री कंगना रनावतले ‘क्विन’ फिल्मका निर्देशक विकास बहलले दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

विकासले आफ्नो गर्धनमा जबरजस्ती टाउको राख्ने, कपाल सुम्सुम्याउने, चलाउने, सुँघ्नेजस्ता व्यवहार गरेको आरोप कंगनाको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ‘फन्टम फिल्मस’ की एक महिला कर्मचारीले विकासले गरेको दुर्व्यवहार सार्वजनिक गरेको केही समयपछि कंगनाले यस्तो आरोप लगाएकी हुन् । 

फन्टम फिल्मस की ती महिला कर्मचारीले आफूमाथि निर्देशक विकास बहलले २०१५ मा गोवामा अनुचित व्यवहार गरेको आरोप लगाएकी थिइन् । भारतीय पत्रिका हफपोस्ट इन्डियामा प्रकाशित एक लेखमा उनले उक्त घटना विस्तृत रुपमा उल्लेख गरेको बताइएको छ ।

विकास फन्टम फिल्मको छायांकनमा अनुराग कश्यप, विक्रमादित्य मोटवानी र मधु मन्तेनाको साथमा थिए । ६ अक्टुबर २०१८ मा अनुराग कश्यपले विकाससँगको सहकार्यलाई टुंग्याएको जानकारी दिएका थिए । 

दुई वर्ष हुँदासम्म पनि विकासप्रति कुनै कारबाही नभएकोमा ती महिलाले अनुराग कश्यप दोषी भएको बताएकी छन् । कश्यपले यस विषयमा आफ्नो गल्ती भएको पनि स्विकारेका थिए ।





  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार ९:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया