यी हुन् माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु

प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । काठमाडौंको बत्तीसपुतलीमा शनिबार सुरु भएको बैठक आज सकिएको हो । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावलाई बैठकले पारित गरेको छ । बैठकमा प्रचण्डले राखेको प्रस्ताव अनुसार नै निर्णयहरु गर्दै बैठक सकिएको हो । 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । संगठन विस्तारदेखि केन्द्रदेखि जिल्ला सम्मका संगठन संरचनाका विषयमा पनि बैठकले निर्णय गरेको छ । 

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु :-
१. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
२. २०७८ असोज १० गते देशैभर एकैदिन सेल र टोल भेला ।
३. २०७८ असोज २० गते वडा सम्मेलन ।
४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन ।
६.  २०७८ पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।
७. संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समिति मात्रै रहने । 
८. जनवर्गीय एवं विभिन्न जातीय/क्षेत्रीय मोर्चाको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तसम्ममा सम्पन्न गर्ने । 
९. जनयुद्धका घाइते, अपांग तथा छापामारलाई परिचयपत्र दिइने । 
१०. अन्तरिम विधान संशोधनसहित पारित । 
११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने । 
१२. सबै रिक्त कमिटीमा पदपूर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसीमा दिएर स्थायी समितिलाई जिम्मा दिने ।





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १८:४९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया