स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ३२७४ जना कोरोना संक्रमित थपिएका छन् ।
१७ हजार ६८९ जनाको परीक्षण गर्दा साे संख्यामा संक्रमित देखिएका हुन् । पछिल्लो २४ घण्टामा ११ हजार ५६५ जनाको पिसिआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
मंगलबार कोरोना संक्रमणबाट १९२९ जना निको भएका छन् । याेसँगै अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।