रिकेश गुरुङको निर्देशनमा ‘तिम्रै लागि’

संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा ‘तिम्रै लागि’ म्युजिक भिडियो सार्वजनिक भएको छ।  

गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै रहेको छ भने उक्त गीतमा नाजिर हुसेन र गृष्मा खड्काको अभिनय समेटिएको छ।

प्रस्तुत गीतको म्युजिक भिडियोले  छिमेकमा बस्ने केटाकेटी बीचमा हुने आकर्षण,  प्रेमको अंकुरण साथै प्रेमको यात्रालाई देखाइएको छ । 

सेन्टिमेन्टल जनरामा बनेको गीतमा अभिनेता नाजिर हुसेनको अब्बल अभिनय देख्न सकिन्छ।  यस म्युजिक भिडियोलाई पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन्।

म्युजिक भिडियो 





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार २०:४७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया