एकीकृत समाजवादी पार्टीको फेसबुकमा २४ घण्टा नपुग्दै ६ हजार फलोअर्स

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको अगुवाइमा एमालेबाट विद्रोह गरी नयाँ पार्टी गठनको प्रक्रिया अघि बढेको छ । सुरुमा नयाँ पार्टीको नाम नेकपा एमाले(समाजवादी) राखिएको थियो । 

निर्वाचन आयोगले उक्त नाममा सहमति नदिएपछि नेपाल समूहले शुक्रबार नयाँ नाम जुरायो । नेकपा(एकीकृत समाजवादी) शुक्रबार नाम फाइनल हुनेवित्तिकै नेता माधव नेपालको सचिवालयले नयाँ पार्टी नेकपा(एकीकृत समाजवादी) को नाममा फेसबुक पेज खोल्यो। 

शुक्रबार साँझतिर नयाँ पार्टीको नामा पेज बनाएको नेपालको सचिवालयले जानकारी दिएको छ । 

नयाँ पार्टीको पेजमा तीब्र गतिमा फलोअर्स बढिरहेका छन् । पेज खोलेको २४ घण्टा नबित्दै ६ हजार ३०० फलोअर्स पुगिसकेका छन् । ३४ सय बढीले पेज लाइक गरेका छन् । 

पेजमा नेपाल समूह र यसका नेताका बारेमा आएका समाचार तथा जानकारीहरु नेता नेपालको सचिवालयले सेयर गरेको छ । 

नेकपा(एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगमा निवेदन दिए पनि पार्टीको मान्यता भने पाइसकेको छैन । आयोगले आगामी बुधबार सनाखतका लागि केन्द्रीय सदस्यहरुलाई बोलाएको छ ।





  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १४:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया