मुद्रास्फीति ३.६ प्रतिशतमा कायम

गत आर्थिक वर्षमा उपभाेग्य मूल्यमा मुद्रास्फीतिको वृद्धिदरमा ह्वात्तै कमी आएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष आर्थिक वर्ष २०७७–०७८ मा ३.६ प्रतिशत कायम भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७६–०७७ मा मुद्रास्फीति ६.१५ प्रतिशत थियो ।

तथ्यांकअनुसार गत आर्थिक वर्ष खाद्य तथा पेय पदार्थका साथै गैरखाद्य तथा सेवा क्षेत्रको मूल्य घटेको छ भने घिउ तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात समूहको मूल्य वृद्धि भएको छ ।
 
खाद्य तथा पेय पदार्थ क्षेत्रको मूल्यवृद्धि ५ प्रतिशतको वृद्धिमा कायम रहेको छ ।  सो समूहमा अघिल्लो आर्थिक वर्षमा ८.१६ वृद्धिदरमा थियो । यसैगरी, सेवा क्षेत्रको मूल्यवृद्धि २.५१ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा सो समूहको वृद्धिदर ४.६१ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सबैतिर मूल्यवृद्धि घटेको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकामा ३.३३ प्रतिशत, तराईमा ३.६८ प्रतिशत, पहाडमा ३.८७ प्रतिशत र हिमालमा २.८७ प्रतिशत मूल्य वृद्धि छ । 

तथ्यांकअनुसार गत आर्थिक वर्षको निर्यातमा ४४ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ भने आयातमा २८ दशमलव ७ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
  
गत आर्थिक वर्षमा रेमिट्यान्स आयातमा ९ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । यस्तै चालू खाता ३ खर्ब ३३ अर्बले घाटामा रहेको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार २०:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया