नेकपा एमालेका सचिव याेगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै मानिसलाई अध्यक्ष बनाउन भनी व्यङ्ग्य गरेका छन्।
भट्टराईले नेपाललाई सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे व्यङ्ग्य गरेका हुन् ।
भट्टराईले लेखेका छन्,'राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो ।'
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले हिजो एक कार्यक्रममा बाेल्दै आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएका थिए । साेही कुरालाई लिई याेगेशले व्यङ्ग्य गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।