दार्चुलाको दुर्गम गाउँमा चामल १४० रुपैयाँ किलो, ६० रुपैयाँ किलो नुन

दार्चुलाको दुर्गम गाउँमा १४० रुपैयाँ किलाे चामल र ६० रुपैयाँ किलो नुन किनेर जीविकाेपार्जन गर्नु परेकाे छ । सदरमुकाम खलंगाबाट दुई दिनमा पुगिने अपी हिमाल गाउँपालिकाको पाथा, घाजिर क्षत्तिमा खाद्यान्न र नुन महँगो भएको हो ।

मूल्यभन्दा दोब्बर भाडा भएपछि यहाँका स्थानीयले अहिले महंगो मूल्यमा खाद्यान्न किन्नुपरेकाे हाे । अहिले विटुले पारिबगड सडकखण्ड ठाउँठाउँमा अवरुद्ध छ । मकरीगाडसम्म सवारी साधन चल्न नसकेपछि अपी हिमालमा मूल्य बढ्दै गएको पाथाका स्थानीय कपुरसिंह धामीले बताए । 

उनले भने, ‘भारतीय बजार बाट ल्याइएको नुन खण्डेश्वरी बजारमै ४५ रुपैयाँ प्रतिकिलो पाउन पनि मुस्किल छ, धामीले भने, बजारबाट गाउँसम्म ल्याउँदा भाडाकै कारण महंगो हुँदै गएको छ । मसिनो चामल एक सय रुपैयाँ किलो पाउँछ ।’

खाद्यान्न महँगो भएपछि स्थानीयहरूलाई गाउँमा उत्पादन हुने आलु, गहुँ, फापर, मकैले गर्दा थोरै राहत भएको छ । सात हजार रुपैयाँ क्विन्टल मोटो चामल पर्छ । गाउँमा हिउँ परेपछि खेतीपाती पनि राम्रो हुँदैन । यस क्षेत्रमा यार्सागुम्बा खोजेर जिविका चलाउने गर्छन् ।





  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ७:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया