इजरायल जानेहरूको भाषा परीक्षा भदौ २८ गते

इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ । इजरायलमा ‘केयरगिभर’ रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको  भदौ २८ गते अंग्रेजी भाषाको लिखित परीक्षा हुने भएकाे हाे ।

विभागका निर्देशक डम्बरबहादुर सुनुवारले काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो  १ बजेदेखि परीक्षा हुने जानकारी दिए । 

केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेशपत्र तथा विभागको वेवसाइट  मार्फत जानकारी गराइने विभागले जनाएको छ । साथै, प्रवेशपत्र अनलाइनमार्फत उपलब्ध हुनेछ ।

भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिनेछ । भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ ।

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने निर्देशक सुनुवारको भनाइ छ । सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)लाई पठाई सोको विवरण विभागको वेवसाइटमा प्रकाशन गर्नेछ । विभागले पठाएको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ । 

पिआईबिएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ । रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।



इजरायलले नेपालीहरूलाई विश्वास गरेर छनोटको अधिकार दिएकाले चुस्त र पारदर्शी तरिकाबाट छनोट प्रक्रिया अगाडि बढाउनु आवश्यक रहेकाले त्यसमा विशेष ध्यान पुर्‍याइएकाे बताइएको छ । 

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।



  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार ११:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया