कहाँबाट आयो वर्षासँग साढे २ करोड ?

अभिनेत्री वर्षा शिवाकोटीले बुधबार मात्रै साढे २ करोडमा अपार्टमेन्ट खरिद गरेकी छन् । उनले ललितपुरको हात्तीवनस्थित सिटी स्केप्टमा ‘थ्रि बिएचके’ अपार्टमेन्ट खरिद गरेकी हुन । अपार्टमेन्ट खरिदपछि शिवाकोटीले पूजाआजा गर्दै हिजै नयाँ घरमा प्रवेश गरेकी छन् ।

कोरोनाका कारण झण्डै २ वर्षदेखि चलचित्र उद्योग ठप्प छ । उद्योग चलायमान रहँदा पनि वर्षाले कमै मात्रै चलचित्रमा काम गरेकी छन् । कोरोना कालमा केही म्युजिक भिडियोमा काम गरेकी वर्षाले कसरी किनिन् यति महंगो अपार्टमेन्ट ? सामाजिक सञ्जाल प्रयोगकर्ताले  प्रश्न सोध्न सुरु गरेका छन् ।

वर्षाले भने आफूलाई अपार्टमेन्ट खरिदमा आमाले आर्थिक सहयोग गरेको बताएकी छन् । तर, उनकी आमाले यति ठूलो रकम कसरी सहयोग गरिन् भन्ने स्रोत भने खुलाएकी छैनन् । 

कौशलटार बस्दै आएकी वर्षाले निशेधाज्ञाकै समयमा कार पनि खरिद गरेकी थिइन् । भर्खर खरिद गरेको उक्त अपार्टमेन्टमा वर्षा र उनकी आमा मात्रै बस्ने बताइएको छ ।  





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १४:३४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया