गोविन्द राईको ‘परम्पा परम्पा’ सार्वजनिक

गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक गरिएको छ । आधिकारिक युट्युब च्यानल ‘गोविन्द राई इन्टरटेन्मेन्ट’ मार्फत म्युजिक भिडियो रिलिज गरिएको हो ।

भिडियोमा शुभ आचार्य, मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन् । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन् ।

‘परम्पा परम्पा’मा चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत समावेश छ भने सङ्गीत संयोजन प्रसन्न परियारले गरेका हुन् । मिक्सिङ प्रदीप जोशी, मेकअप अशोक रोक्का र कोरीयोग्राफी कृश लिम्बुले गरेका हुन् । 

नेपाली फिल्म क्षेत्रमा नृत्य निर्देशनमा चर्चित नाम हो गोविन्द राई । ३०० भन्दा बढी फिल्ममा नृत्य तथा निर्देशन गरी सकेका राईले हजारौँ  बढी म्युजिक भिडियोमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् । राई अभिनयमा पनि उतिकै अब्बल छन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार ११:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया