पिनट्स सपिङ सेन्टरमा विभागको ताला

दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गर्दै सरकारले बजार अनुगमन तीव्र पारेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा उपभोक्तासँग चर्को शुल्क लिर्इ ठगी गरेको भेटिएको भन्दै न्युरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको छ । 

अनुगनका क्रममा सेन्टरले उपभोक्तासँग तीन सय प्रतिशतसम्म शुल्क असुल गरेको पाइएको विभागका महानिर्देश योगेन्द्र गौचनले बताए । 

‘अनुगमनका क्रममा व्यापारीले कपडा बिक्री गर्दा परल मूल्यभन्दा दुई सयदेखि तीन सय प्रतिशतसम्म बढी लिइएको पाइयो । अत्यधिक नाफा राखेर बिक्री गरेको पाइएपछि सेन्टरमा सिलबन्दी गरेका हौँ,’ महानिर्देशक गौचनले बताए । 

अनुसन्धान अधिकृतको संयोजकत्वमा समिति बनाएर उक्त सेन्टरका सञ्चालकसँग बयान लिने र छानबिन गर्ने विभागको तयारी छ ।

सेन्टरका सञ्चालकलाई कालोबजारी ऐन र उपभोक्ता संरक्षण ऐनअनुसार कारवाही हुने विभागले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार १९:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया