राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार

राष्ट्रिय सभाको अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ । 

बुधबार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले विरोध जनाएपछि ३० मिनेटको लागि बैठक स्थगित गरिएको थियो । 

दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूचीको २ र ३ नम्बरमा रहेको विषय कार्यसूचीबाट हटाएका थिए । 

उनले आगामी बैठक भदौँ २५ गते शुक्रबार दिउँसो १ बजे बोलाएको बताए । 





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १९:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया