प्रत्येक वर्ष १४ जना अति विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा

जनकपुरधाम उपमहानगरपालिकाले नगरक्षेत्रभित्र शैक्षिक सुधारको नाममा सामुदायिक विद्यालयहरूमा ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ खर्च गरे पनि शिक्षाको अवस्था भने दयनीय बन्दै गइरहेको छ । शैक्षिक सुधारको नाममा करोडौं बजेट मात्र खर्च भइरहेको देखिन्छ । 

नगरभित्रका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको अभाव रहेको बेला जनकपुरधामस्थित युनिभर्सल एकेडमी कलेजले विद्यार्थीलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ । 

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर-१ सिनुरजोडा निवासी समेत रहेका युनिभर्सल एकेडेमी कलेजका सञ्चालक संजय यादवले आफ्नो गाउँपालिकाका सातवटै वडाबाट एक छात्र र एक छात्रा गरी प्रत्येक वर्ष दुई/दुई जना गरी जम्मा १४ जना अति विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरेका छन् ।

 गाउँपालिकाको बाेर्ड बैठकमा सञ्चालक यादवले यस्तो घोषणा गरेका हुन् । 

प्रत्येक वडाका वडाध्यक्षहरूले आ-आफ्नो वडामा अति विपन्न, जेहेन्दार विद्यार्थी छनौट गरी सिफारिस गरेपछि उनीहरूलाई सो कलेजमा निःशूल्क शिक्षा प्रदान गरिनेछ ।

विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको छनौट गरी सिफारिस गरिए अनुसार आफ्नो कलेजले छात्रवृत्ति प्रदान गर्ने सञ्चालक यादवले बताए । 



सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै शिक्षाको स्तर उकास्न युनिभर्सल एकेडेमी कलेजले यस्तो घोषणा गरेको उनकाे भनाइ छ ।
 



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १७:४५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया